नागरिक आन्दोलनले भन्यो- ‘नागरिकमाथिको राज्य आतंक निन्दनीय छ’

नागरिक आन्दोलनले भन्यो- ‘नागरिकमाथिको राज्य आतंक निन्दनीय छ’

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। सरकारले न्यायका लागि संघर्षमा उत्रिएका सर्वसाधारण नागरिकमाथि राज्य आतंक मच्चाएको भन्दै बृहत् नागरिक आन्दोलनले निन्दा र भत्र्सना व्यक्त गरेको छ। मंगलबार विज्ञप्तिमार्फत नागरिक आन्दोलनले नागरिक माथिको राज्य आतंक निन्दनीय भएको भनेको हो।

‘नागरिकले शान्तिपूर्ण आदोलन गर्न पाउने लोकतान्त्रिक अधिकारमाथि सरकारले पटक-पटक धावा बोल्दै आएको छ। सरकारले राज्य आतंक मच्चाउने कार्य तत्काल बन्द गरोस् र समस्याको शान्तिपूर्ण सम्बोधन गर्नतर्फ लागोस् । यो नै बृहत् नागरिक आन्दोलनको न्यूनतम माग हो,’ विज्ञप्तिमा भनिएको छ।

‘अहिले मिटर ब्याज पीडितहरु पूर्व मेची र पश्चिम महाकालीदेखि काठमाडौँसम्मको पैदल मार्चमा छन्। यही बेला सरकारले शान्तिपूर्ण धर्नामा बसिरहेका मिटर ब्याज पीडितलाई रत्नपार्कको शान्ति बाटिकामा प्रवेश गरी बल प्रयोग गरेर विस्थापित गरेको छ,’ आन्दोलनले विज्ञप्तिमा लेखेको छ, ‘न्यायका लागि लामो समयदेखि धर्नामा बसिरहेका मृतक आरती साहतको परिवारजन पनि यो विस्थापनमा परेका छन्। सरकारको यस्तो नियोजित काम, निन्दनीय र भत्र्सनायोग्य छ।’

सरकारले गरिखाने सीमान्त समुदायलाई निरन्तर विभेद गरिराख्ने मानसिकता प्रदर्शन गरेको आन्दोलनको ठम्याइ छ।
‘अनुचित लेनदेन अपराधिक र गैरकानूनी ठहर भइसकेको अवस्थामा पीडितहरुसँग भएको न्यूनतम सहमति पालन गर्नबाट सरकार पन्छिरहेको छ। देशव्यापी आन्दोलनबाट विचलित हुँदै पीडितहरुको आन्दोलनलाई निष्तेज पार्न सरकार प्रतिवद्ध भएको जस्तो देखिन्छ,’ आन्दोलनले भनेको छ।

Skip This
Skip This
Logo