विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्छः गगन थापा

विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्छः गगन थापा

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्ने बताएका हुन्।

उनले भने,‘विश्वविद्यालय सुधारका लागि सरकारले यही सदनमा उच्च शिक्षाको विधेयक ल्याउँदै छ। त्यो विधेयकमा यो संसदले काम गर्नुपर्ने छ। हाम्रो विश्वविद्यालयको स्वायत्तता, विश्वविद्यालयले मौलिकता पनि कसरी कायम गर्ने, विश्व बजारका लागि हाम्रा विश्वविद्यालय कसरी तयार हुने भन्ने बारेमा कानुनमा हामीले सँगै काम गर्नुपर्नेछ।’

उनले नेपालको सिमाना क्षेत्रमा दर्जनौँ नर्सिङ कलेज खुलेको भनेर हल्ला आए पनि ३ वर्षमा ३ सय भन्दा बढी विद्यार्थी नर्सिङ पढ्न देशबाहिर नगएको बताए।

उनले विद्यालय शिक्षामा तल्लो तहमा धेरै विद्यार्थी भर्ना भएपनि माथिल्लो तहसम्म आइपुग्दा विद्यार्थी हराएर जाने अवस्था रहेको बताए । उनले भने–‘हाम्रा बालबालिकाहरु विद्यालयमा पढिरहेका छन् तर गणित सिकिरहेका छैनन्, विज्ञान सिकिरहेका छैनन्, अङ्ग्रेजी त अझ कम सिकिरहेका छन् । विज्ञान, गणित र अङ्ग्रेजी आएन भने हामी अहिले जुन सूचना प्रविधि, ज्ञानको कुरा गरिरहेका छौँ, त्यसमा हामी पछि पर्छौँ ।’

Skip This
Skip This
Logo