प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभाले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले बुढाथोकीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । ‘पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ पारित शोक प्रस्तावमा उल्लेख गरिएको छ । 

बैठकले बुढाथोकीको निधनमा एक मिनेट मौन धारण पनि गरेको छ । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट २०६४ र २०७० सालको संविधानसभा सदस्य हुन् । 

Skip This
Skip This
Logo