दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राती पहिरोले १० घर पुरिएका छन् ।
पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको जानकारी दिए। उनले केही स्थानीयले भागेर ज्यान जोगाएको पनि बताए ।
पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । अहिले त्यस क्षेत्रमा उद्धारको काम भइरहेको रिजालले जानकारी दिए ।





























प्रतिक्रिया