महिला चेम्बरसँग सनराइज बैंकको सहकार्य

महिला चेम्बरसँग सनराइज बैंकको सहकार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच व्यापार साझेदार सम्झौता हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फवाट कर तथा एकाउन्ट सम्बन्धी बैकका विभिन्न सेवा तथा विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने बैकले जनाएको छ ।

साथै, संघमा आवद्ध महिला आयात निर्यातकर्तालाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास पनि बैंकले लिएको जनाएको छ ।

Skip This
Skip This
Logo