महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ शुरु भएको ‘१८ औं तीज फेस्टिवल–सिर्जनशिल उद्यमी मेला २०७६’ मेला काठमाडौंको भृकुटीमण्डप संचालन भइरहेको छ । मेलाको बिहिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्धघाटन गरेकी थिइन् ।
मेलामा २ सय भन्दा बढी कम्पनी, संघ संस्थाहरुको सहभागीता रहेको छ । मेलामा विभिन्न महिला समूहहरुले उत्पादन गरेका उत्पादनहरु प्रदर्शन गरिएको छ । यसका साथै मेलामा फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निशुल्क मेहन्दी लगाउने कार्यक्रम, निशुल्क कपाल कटिंङ् कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चरल प्रस्तुति लगायतका स्टलहरु पनि राखिएका छन् ।

इभेन्ट संसारले व्यवस्थापन गरेको मेलामा एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला आगामी साउन २० गतेसम्म संचालन हुनेछ ।





























प्रतिक्रिया