बक्सिङ खेलाडीको बिदाई

बक्सिङ खेलाडीको बिदाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
मित्रराष्ट्र कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म संचालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले बिदाइ गरे ।

कुवेत बक्सिङ संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौलसमूहमा छिरिङ वाङदी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त रहेका छन् ।

कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाकसुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाउने पोशाक प्रदान गरेको थियो । टोली मंगलबार (आज) त्यसतर्फ प्रस्थान गर्नेछ ।

Skip This
Skip This
Logo