काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन्। उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्वपूर्ण योेगदान गर्ने बताएका हुन्।
देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलकोरुपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे।
‘गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’उनले भने।
उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको बातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरुमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पुर्याउनुपर्ने बताए। ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो। हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ। यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’उनले भने।































प्रतिक्रिया