बालुवाटार जग्गा प्रकरणमा मुछिएका खरिदारको छतबाट खसेर मृत्यु

बालुवाटार जग्गा प्रकरणमा मुछिएका खरिदारको छतबाट खसेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको सामाखुशीस्थित हिमालय सिटी सेन्टरको छतबाट खसेर एकजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्वतका ५४ वर्षका युक्तप्रसाद श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट खसेका श्रेष्ठको पिपुल्स् अस्पताल नयाँ बजारमा उपचारका क्रममा दिउँसो ज्यान गएको हो ।

उनी बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका थिए। बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पास गर्नका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको हो ।

श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।

Skip This
Skip This
Logo