भक्तपुरको सूर्यविनायकमा चोरी गर्न च्यानल गेट फोर्दै गर्दा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नयाँ ठिमी बस्ने दोलखा घर भएका २० वर्षीय मनिष दुवाल रहेका छन् । उनलाई सूर्यविनायक नगरपालिका सिर्जनानगरस्थित प्रेमरत्न शाक्यको २ तले घरको च्यानल गेट रड प्रयोग गरी फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १ थान रड र १ किलो पैसाको सिक्का समेत बरामद गरेको छ ।































प्रतिक्रिया