सरकारमाथि ह्याकरको आक्रमण, ६ वटा सरकारी वेबसाइट ह्याक

सरकारमाथि ह्याकरको आक्रमण, ६ वटा सरकारी वेबसाइट ह्याक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ६ वटा सरकारी वेबसाइट ह्याक भएका छन् । आइतबार दिउँसो सवा २ बजेदेखि डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएका हुन् । फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत वेबसाइट ह्याक भएको जानकारी सार्वजनिक गरिएको छ ।

सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएको हो । यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुलिरहेको छ ।

यी वेबसाइट अहिले खुल्दैनन् । ह्याकरले यसको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्यांकहरु पनि चोरी गरेका छन् भन्ने बारे खुलेको छैन्। साइबर सुरक्षा सम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो।

https://www.facebook.com/FamilyAttackCyberOfficial/

 

Skip This
Skip This
Logo