गोरखाबाट बरामद् १६ किलो सुन सक्कली भएको पुष्टि, विभागद्वारा थप अनुसन्धान शुरु

गोरखाबाट बरामद् १६ किलो सुन सक्कली भएको पुष्टि, विभागद्वारा थप अनुसन्धान शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने । उनका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ ।

गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो ।
रासस

Logo