फिलिपिन्समा एकाबिहानै ठूलो भुकम्प

फिलिपिन्समा एकाबिहानै ठूलो भुकम्प

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सको बातानेस प्रान्तमा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् । ६० भन्दा बढी घाइते भएका छन् ।

शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५. ४ र ५. ९ म्याग्निट्युडको भूकम्प गएको हो। उक्त प्रान्तमा कैयौँ टापु छन्। मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका छन्।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन । फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका तस्वीरहरूमा घरहरू भग्नावशेषमा परिणत भएको देखिन्छ ।

Skip This
Skip This
Logo