सेञ्चुरी बैंकद्वारा आँखा दान समाजलाई सहयोग

सेञ्चुरी बैंकद्वारा आँखा दान समाजलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखा दान समाजलाई आवश्यक भौतिक सामग्री सहयोग गरेको छ ।

आँखाको नानीको कारणबाट हुने अन्धोपन उन्मूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आँखा दान समाजलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालनको लागि आवश्यक भौतिक सामग्री बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आँखा दान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गर्नु भएको हो ।

बैंकले बेला बेलामा यस्ता सहयोगहरु गर्दै आएको छ ।

Skip This
Skip This
Logo