विद्यार्थीहरुको पठनपाठनलाई सहज र प्रभावकारी बनाउने मोबाइल एप सार्वजनिक भएको छ।
म्याक्स कनेक्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘स्मार्टर’ नामक मोबाइल एप सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले विद्यालय, विद्यार्थी र अभिभावकहरुलाई ध्यानमा राखी यो एप ल्याएको जानकारी दिए। राघवले प्रविधिको अधिकतम प्रयोग र पेपरलेसतर्फ जाने सोचका साथ एप ल्याएको बताए । उनले आगामी दिनमा एपलाई अझ विस्तृत रुपमा अपडेट गर्ने पनि जानकारी दिए ।
यो एप कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरिएको छ । यो एपमार्फत अडियो भिडियोको माध्यमबाट गणित र विज्ञान विषयको अध्ययन अध्यापन गर्न सकिन्छ।
यो एप नगद, बैंकिङ सिष्टम, खल्ती, इ-सेवालगायतका माध्यमबाट खरिद गर्न सकिन्छ। यो एपको मूल्य प्रतिविद्यार्थी वार्षिक १० हजार रुपैयाँ तोकिएको छ तर अहिले ५० प्रतिशत छुटमा ५ हजार शुल्क तिरेर यसको प्रयोग गर्न सकिन्छ ।





























प्रतिक्रिया