सरस्वतीनगर सुधार संघको १५औं साधारणसभा सम्पन्न

सरस्वतीनगर सुधार संघको १५औं साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
192
Shares

काठमाडौं महानगरपालिका वडा नं ६ स्थित सरस्वती नगर सुधार संघले शनिवार १५ औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभामा संघका विभिन्न पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले ६ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । उक्त कोषमा वर्षेनी रकम बढाउँदै लैजाने निर्णय गरिएको छ । कोषको रकम विपन्न विद्यार्थीको शिक्षा लगायत अन्य संकटका अवस्थामा प्रभावितहरुलाई खर्च गरिने संघका अध्यक्ष पेशलकुमार पहाडीले जानकारी दिए।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले वडाको विकासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । सरस्वतीनगर सुधार संघ अन्तर्गत कपन क्षेत्रका २ हजार २ सय घरधुरी रहेका छन् । त्यस क्षेत्रमा खानेपानी, ढल, बाटो, बत्ती जस्ता सुविधाका लागि संघले वडालाई सघाउँदै आएको छ ।

Skip This
Skip This
Logo