काठमाडौं । गायक सुमित खड्काको गीतहरुको एकल साँझ आयोजना गरिएको छ । बिहीबार राजधानीस्थित प्रज्ञा प्रष्ठिानमा आयोजित एकल साँझमा १५ जना संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, वीर गाथा नेपाली, हामी शान्ती, कर्म गर्न, मेरी आफ्नै आमा भन्दा, वीरको छोरो लगायत १५ वटा गीतहरु गाएका थिए ।
जसमध्ये युगल गायनका ३ वटा गीतहरुमा भने प्राश्ना शाक्यले साथ दिएकी थिइन् । यस्तो एकल साँझ सातवटै प्रदेशमा आयोजना गर्ने सोच गायक सुमितको छ ।
गतवर्ष माघमा उनले प्रदेश नं. १ मा एकल साँझ गरेका थिए । त्यहि कार्यक्रमबाट उत्साहित हुँदै आफू देशव्यापी कार्यक्रमको दौडमा रहेको गायक खड्को भनाई छ ।
सुमित खड्का एकल साँझमा भव्य रुपमा सम्पन्न
सुमित खड्का एकल साँझमा भव्य रुपमा सम्पन्न
Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, July 25, 2019































प्रतिक्रिया