पश्चिम युरोपको सर्वोच्च शिखरमा श्रृंखला खतिवडा (फोटोफिचर)

पश्चिम युरोपको सर्वोच्च शिखरमा श्रृंखला खतिवडा (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक (Mont Blanc) को सफल आरोहण गरेकी छन्।

उनले मंगलबार हिमालको चुचुरोमा नेपाल र फ्रान्सको झण्डा फहराएकी हुन् ।  उनीसँगै भ्लगर सिशन बानियाँ, प्रज्वल थापा मगरले पनि हिमाल आरोहण गरेका छन् ।

नेपाल फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले उनलाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको हो ।

हिमालको सफल आरोहणपछि शृंखलाले साइकल रेस कार्यक्रममा सहभागी हुने भएकी छन्।  उनले त्यहा साइकलिस्ट र आयोजकसंग अन्तरक्रिया समेत गर्नेछिन् । त्यसपछि उनी आगामी जुलाइ २८ मा हुने समापन कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका छ।

धेरै नेपाली पथ प्रदर्शक र प्याराग्लाइडरहरुले फ्रान्समा तालिम लिइरहेको  र फ्रान्सका बिभिन्न संघ संस्थाहरु पनि नेपालमा सक्रिय रहेकाले दुइ देशबीच  मजबुत सम्बन्धका लागि कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ। नेपाल र फ्रान्सको दौत्य सम्बन्धको सकारात्मक सन्देश दिन र फ्रान्समा नेपालको प्रवर्द्धन गर्नका लागि कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ।

सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ। यो हिमाल इटाली र फ्रान्सको बीचमा पर्छ।

यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नोबोर्डिङ्का लागि लोकप्रिय मानिन्छ ।

यो पनि 

एउटा दुर्लभ संयोग: परिवार नै एकैपटक चर्चित

Logo