एनआईसी एसिया र पोखराका विभिन्न होटलबीच सम्झौता

एनआईसी एसिया र पोखराका विभिन्न होटलबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

एनआईसी एसिया बैंक र होटल पोखरा ग्राण्डी, पार्दी बिरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दीपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् । यसैगरी एनआईसी एसिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दीपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo