शिक्षकद्वारा एक किशोरीलाई बन्धक बनाएर आठ दिन सम्म बलात्कार

शिक्षकद्वारा एक किशोरीलाई बन्धक बनाएर आठ दिन सम्म बलात्कार

केन्द्रबिन्दु
0
Shares

पोखरा,
एक किशोरीलाई बन्धक बनाई लगातार जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक २८ वर्षीय राजेशकुमार कानोडिया हुन् । उनले पोखराको लेकसाइडस्थित डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको कोठामा ती किशोरीलाई बन्धक बनाई जबर्जस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार ती किशोरीले प्रयोग गर्ने मोवाइल समेत नियन्त्रणमा लिई अभिभावकलाई समेत सम्पर्क गर्न नदिई ८ दिनदेखि बन्दक बनाई जबरजस्ती करणी गर्ने कार्यमा समेत कानोडिया संलग्न हुँदै आएका थिए ।

प्रहरीले मंगलवार साँझ कानोडियालाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको जनाएको छ । साथै ती पीडित किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo