छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, ५ वर्षसम्म कैद हुने सम्भावना

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, ५ वर्षसम्म कैद हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी मुद्दामा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको अनमतिपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

जेठी श्रीमती हेमा ओझाले दुवै जनाविरुद्ध बहुविवाहमा उजुरी दिएकी छन् । हेमाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको डीएसपी बोगटीको भनाई छ । अहिले उनीहरु दुवैलाई खोजी रहेको डीएसपी बोगटीले बताए ।

दुई सन्तानकी आमा हेमाले गत आइतबार श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख गरेकी थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो।

श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् । दुवैजनाबीच अबदेखि झै-झगडा नगर्ने लिखित सहमतिपछि विवाद समाधान भएको थियो । तर लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

शिल्पाले केश दर्ता गराएकै बेला जेठी श्रीमती हेमाले दुवैजनाविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

थप समाचार

छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

अन्ततः शिल्पाले मागिन् छवि ओझासँग डिभोर्स, अदालतमा केस दर्ता

छविराज ओझा भन्छन्, ‘घर आउने नआउने शिल्पाको हातमा छ’

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो

५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

छबी ओझाविरुद्ध शिल्पा पोखरेलले दिईन् घरेलु हिंसाको उजुरी

Logo