आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १२४ रन बनाएको हो ।
कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । त्यस्तै कमरान खानले २२, मुहम्मद तनवीरले ११ र जहिर इब्राबिहमले १२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन र करन केसीले एक विकेट लिए ।
यस अघि ब्याटिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाएका थिए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।
यो हारसँगै विश्व छनोटमा पुग्न नेपालले बाँकी रहेका ३ खेलमा जित हात पार्नु पर्ने दबाब बढेको छ। अब नेपालले बुधबार मलेसियासँग खेल्नेछ।































प्रतिक्रिया