क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को लगातार गुम्यो २ विकेट

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को लगातार गुम्यो २ विकेट

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए लाई लगातार दोस्रो  झड्का लागेको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिरैयालाई गुमाएको हो। २८ रन जोडेका उनी १३.५ ओभरमा साद विन जफरको बलमा आउट भएका हुन्। भने आशुतोष् पछि मैदान आएका शेर मल्ल शून्य रनमै आउट भएका छ्न्।

ताजा अवस्थामका नेपाल ए ले १४ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको छ। नेपालको क्रिजमा अहिले ओपनर अर्जुन कुमाल २० रन जोडेर खेलिरहेका छन्।

मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ। नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन्। पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

Logo