आजका लागि राखिएको नेकपा सचिवालय बैठक स्थगित

आजका लागि राखिएको नेकपा सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार (आज) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा विभाग, आयोग तथा निकायको एकीकरणको काम टुंगो लगाउने नेकपाको तयारी थियो ।

यस विषयमा छलफल गर्न सोमबार दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभाग र अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मंगलबार बस्ने भनिएको सचिवालयको बैठक पनि नबस्ने भएको बुझिएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले देशभरका ७७ वटै जिल्ला र महानगरपालिकाका कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो । सोही बैठकको निर्णय सुनाउदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक मंगलवार पार्टी केन्द्रीय कार्यलयमा बस्ने बताएका थिए । तर हाललाई स्थगित भएको र अर्को बैठक बस्ने मिती पनि तोकिएको छैन ।

Skip This
Skip This
Logo