कलाकार सुजलको एभरेष्ट वर्ल्ड रेकर्ड (भिडियो सहित)

कलाकार सुजलको एभरेष्ट वर्ल्ड रेकर्ड (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दुवै कान नसुन्ने र बोल्न नसक्ने कलाकार सुजल बमले एक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । गीतकार डीआर उपाध्यायको पछिल्लो गीतको म्यूजिक भिडियोमा कलाकार बमले अभिनय गरेकी हुन् । यसै साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिक ‘झिमझिम परेली’ बोलको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् ।

गितको भिडियो सार्वजनिक भएसँगै कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै ‘एभरेष्ट वल्र्ड रेकर्ड’ कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गीत कविता सिवाकोटीले गाएकी हुन् ।

गीतको म्यूजिक भिडियो निर्देशन वसन्त सापकोटाले गरेका हुन् । म्यूजिक भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायांकन, सिलोन लम्सालको सम्पादन रहेको छ । गीतको म्यूजिक भिडियोमा कलाकार बमलाई नारायण आचार्य ‘ह्याप्पी’ले अभिनयमा साथ दिएका छन् ।

गीतकार उपाध्यायलाई मिलाप सम्मान

यसैगरि कार्यक्रममा नेपाली साङ्गीतिक तथा साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सम्मान गरिएको छ । मिलाप मासिकले डा. उपाध्यायलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, मिलापका प्रकाशक तथा सम्पादक कृष्ण भुसाल र कार्यकारी सम्पादक गीता अधिकारीले उपाध्यायलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । गीतको म्यूजिक भिडियो यस्तो छ :

Skip This
Skip This
Logo