राजपाको संयोजकमा यादव चयन

राजपाको संयोजकमा यादव चयन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को संयोजकमा राजकिशोर यादव चयन भएका छन् ।

श्रावण ४ र ५ गते जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको बैठकले श्रावण ६ गतेबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी , अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्वावाना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम गणतान्त्रिकका शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर गठन भएको थियो ।

Logo