नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्ने

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी शृंखलामा यसअघि नेपालले एकपटक नेदरल्यान्ड्सलाई हराइसकेको छ। जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् ।

नामिबियाले भने आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ। नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो। एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ। नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ।

Skip This
Skip This
Logo