सामाजिक सुरक्षा कोष र भिसिटीएसको विरोधमा सडक र्‍याली

सामाजिक सुरक्षा कोष र भिसिटीएसको विरोधमा सडक र्‍याली

केन्द्रबिन्दु
0
Shares

बुटवल,

रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुँदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) तत्काल लागू गर्न नसकिने बताउँदै शुक्रवार बुटवलमा विरोध र्‍याली निकालेका छन् ।

रुपन्देहीमा क्रियासिल संघ संस्थाहरुको समन्वयकारी संस्था सञ्जाल रुपन्देहीको आब्हानमा बिहान बुटवलमा ब्यवसायीहरुले विरोध र्‍याली निकालेका हुन् । बर्षा भईरहेको अवस्थामा पनि व्यवसायीहरु छाता ओढेरै र्यालीमा सहभागि भएका थिए ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय वाल मन्दिरबाट सुरु भएको विरोध र्याली अमरपथ, अस्पताललाइन मिलनचोक हुँदै राजमार्ग चौराहासम्म पुगी पुनः ट्रफिकचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्ने व्यवसायीक संस्थाका नेताहरुले अव्यवसायिक नीति खारेज नभएसम्म वा सरकारले निणर्यमा पुर्नविचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालको सञ्चालनमा भएको कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्ष लगायतले बोल्नु भएको थियो ।

यसअघि सञ्जालले विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo