नेपालमा चट्याङबाट वर्षेनी सय बढीको मृत्यु

नेपालमा चट्याङबाट वर्षेनी सय बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालमा चट्याङबाट बर्सेनि सय जना भन्दा बढीको मृत्यु हुने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङको पूर्वानुमान क्षेत्रमा भने कसैको ध्यान पुगेको देखिँदैन ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गतवर्ष मात्रै १ सय ५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए । २ सय ८४ जना घाइते भएका थिए । ‘विशेषगरी चट्याङ चैत, वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ,’ महाशाखा प्रमुख इन्दु घिमिरेले भनिन् ।

यसरी चट्याङबाट बर्सेनि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसतर्फ सरकारी निकायको कुनै ध्यान पुगेको छैन । चट्याङ विशेषज्ञ डा. श्रीराम शर्मा यसको मुख्य जिम्मेवारी बोकेको सरकारी निकाय गृह मन्त्रालयले यस विषयलाई खासै चासो नदिएको बताउँछन् ।

‘हामीले लामो समयदेखि नेपालमा बढी मात्रामा चट्याङ पर्नुको कारण खोजी गरिरहेका छौं, अनुसन्धान भइरहेको छ,’ विशेषज्ञ शर्माले भने, ‘त्यसबाहेक सरकारी निकायसँग समन्वय गरेर पनि काम गरिरहेका छौं तर गृह मन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको छैन ।’ चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमान गरिएजस्तै चट्याङ पूर्वानुमान लगाउन सकिने उनको धारणा छ ।

‘विश्वका अन्य देशहरूमा चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि सरकार तथा सम्बन्धित निकायले चट्याङ पूर्वानुमानका संयन्त्र स्थापना गरी त्यसबाट पूर्वानुमान गर्दै आएका छन् । त्यो ९० प्रतिशतसम्म सही हुन जान्छ, त्यस्तो अवस्थामा सर्वसाधारण सतर्क हुन्छन् तर नेपालमा त्यस्तो मेसिन भित्रिन सकेको छैन,’ उनले भने, ‘नेपालमा चट्याङ पूर्वानुमान यन्त्र अत्यावश्यक जस्तै भइसकेको छ ।’
राजधानीबाट

Logo