जनकपुरधाम,
तराईमा आएको वाढी पहिरो केही राजनीतिक दलका नेताहरुका लागि मनोरञ्जनस्थल जस्तो वनेको छ । कोही हेलिकप्टरबाट वाढी हेर्न आउँछन् त कोही मान्छेको वुई चढेर घूमिरहेका छन् । पीडित जनताले राहत अनुभव नगरेपछि नेताहरुको भ्रमणको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
‘जनतालाई अहिले राहतको आवश्यक्ता छ वाढी क्षेत्रलाई पर्यटन क्षेत्र नबनाउनुस् ’ राष्ट्रिय जनता पार्टीका नेता संजयकुमार चौधरीले भने ‘हेलिकप्टर घुम्नुको सट्टा राहतमा खट्यो भने जनताले राहतको महसुस् गर्ने छन् ।’
बुधवार स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहित केही व्यक्तिले हेलिकोप्टरवाटै बाढी अवलोकन गरेर फर्किएका थिए । त्यस्तै राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले एकजनाको बुई चढेर घुमेको तस्विर सार्वजनिक भएपछि व्यापक टिकाटिप्पणी शुरु भएको छ । यो तस्विर अहिले सामाजिक संजालमा भाइरल नै बनेको छ ।
पाइन्ट, जुत्ता र कोट लगाएका प्याकुरेल कसैको काँधमा चढेर हिँडेका देखिन्छ । बाढीग्रस्त क्षेत्रमा जुत्ता बचाउन नेतालाई काँधमा बोकिएको दृश्यले देखाउँछ । सप्तरीको तिलाठीको यो दृश्यको सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ ।
सांसद प्याकुरेलले भने यो विषयमा टिप्पणी गरेर आफूलाई अप्ठ्यारो पारेको धारणा राखेका छन् । ‘कुरा त्यस्तो होइन । मलाई प्रेसर छ । त्यही भएर ती भाइले मलाई बोक्न चाहनु भयो ।’ उनले भने ।
राजधानीबाट





























प्रतिक्रिया