यसपालिको तीजमा सरिता प्रजापतिले बबाल मच्चाउँदै (भिडियोमा)

यसपालिको तीजमा सरिता प्रजापतिले बबाल मच्चाउँदै (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका सरिता प्रजापतिको तीज गीत सार्वजनिक भएको छ । एक दशकदेखि गीत संगीत क्षेत्रमा सक्रिय प्रजापतिले यो वर्ष तीजको कोसेलीमा तीजमा बबाल मच्चाउँछु ल्याएकी छन् । सरिताको स्वरमा रहेको यो गीतमा दिनेश कँडेलको शब्द तथा अनिश श्रेष्ठको संगित रहेको छ ।

नेपाली र हिपहप नृत्यमा तयार भएको यस म्युजिक भिडियोलाई सुमन सागर जङ के.सी. ले निर्देशन गरेका छन । टि.भि रियालिटी शो वुगी वुगीको उत्कृष्ट २० भित्र पर्न सफल सरु पोख्रेल, वन लेग डान्सर रोमा न्यौपाने अनि दिपिका कडेलको डेव्यु अभिनय रहेको उक्त भिडियोमा सरु पोख्रेल र विवेक मोक्तानको कोरियोग्राफी रहेको छ ।

दिनेश पराजुलीको छायांकन, सुरेश राउतको सम्पादन रहेको उक्त भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

Skip This
Skip This
Logo