रुपन्देहीमा राखिएका ५ वटा बुद्धमुर्ति तोडफोड

रुपन्देहीमा राखिएका ५ वटा बुद्धमुर्ति तोडफोड

केन्द्रबिन्दु
0
Shares

बुटवल । बुटवलमा पाँच वटा बुद्धका मुर्ति तोडफोड भएका छन् । बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका पाँच वटा बुद्धका मुर्ति तोडफोड भएका हुन् ।

सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो । उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo