- ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं,
हरेकवर्ष वर्षायाम आउँछ, वाढीपहिरो र डुबान पर्छ । यो थाहा भएकै विषय हो तर एकवर्ष आएको वाढीपहिरोपछि अर्को वर्ष यसतर्फ कुनै सर्तकर्ता अपनाइएको पाईंदैन । न नागरिकले यतातिर ध्यान दिन्छन् , न सरकारले नै यसको पूर्व तयारी गर्ने गरेको छ । अनि दोष जान्छ, वाढीपहिरो र डुबानलाई ।
वर्षायाममा पानी पर्नु स्वभाविक हो तर अस्वभाविक चैं के हो भने मानिसको अतिक्रमणमा नदीनालाहरु पर्नु । अविरल वर्षासँगै हालै देशभर आएको वाढीपहिरोले कुनैपनि ठाउँ सुरक्षित रहेनन् । राजधानी भित्रका सडक, गल्ली र टोलहरु पानीले भरिएनन् मात्र मानविय र भौतिक क्षति पनि थुप्रै गरायो । पछिल्लो तथ्यांक अनुसार वाढीपहिरोकै कारण मर्नेहरुको संख्या ८० नाघिसकेको छ भने घाइते र बेपत्ताको संख्या पनि उच्च छ । अन्य भौतिक क्षतिको आँकलन गर्न भने अझै सकिएको छैन । यो विपतको बेला सरकार, विभिन्न राजनितीक दल, अन्य सामाजिक, संस्था तथा सुरक्षाकर्मीहरुले आआफ्नो भूमिका निर्वाह त गरेका छन् तर वाढीपहिरोबाट क्षति हुने अर्को कारणको रुपमा रहेको छ , विभिन्न समयमा नेपालभित्रै र सिमामा बनाइएका बाँधहरु । जसले लाखौं हेक्टर नेपाली भूमिहरु डुबानमा पर्ने गरेका छन् ।
भारत सरकारसँग गरिएका राष्ट्रहित विपरितका विभिन्न सन्धीसम्झौताहरुका कारण लामो समयदेखि नेपालीले दुःख पाएका छन् , अझै दुःख पाउने छन् वर्षौं सम्म पनि । अझ भारतले एकलौटी बनाएका बाँधहरु त झन घातक नै भएका छन् । विकास र खोज स्तम्भ अन्तर्गत यसपटक हाम्रो रिर्पोट यसरी भारतद्वारा बनाइएका बाँधहरु कुन कुन हुन् र यसबाट नेपालले के फाइदा वा नोक्सानी बेहोरेको छ भन्ने विषयमा केन्द्रीत छ । हेरौं यो भिडियोमा :































प्रतिक्रिया