काठमाडौं । निर्माता छविराज ओझा तथा अभिनेत्री शिल्पा पोखरेलको विवाद अदालत समक्ष पुगेको छ । विगत ३ वर्षदेखि हिंसा सहेर बसेको भन्दै शिल्पाले छविविरुद्ध अदालतमा डिभोर्स फाईल दर्ता गराएकी हुन् ।
छविले कुटपिट गरेको भन्दै शिल्पाले असार २२ मा प्रहरीमा उजुरी दिएकी थिईन् । महानगरीय प्रहरी परिसरमा दुई जनाबीच अबदेखि झै झगडा नगर्ने सहमति भएको थियो ।
छविले माफी माग्दै अबदेखि कुटपिट नगर्ने सहमतिपछि दुवै जना आ आफ्नो बाटो लागेका थिए । सहमतिपछि पनि घरमा नगएकी शिल्पाले अदालतमा डिभोर्स फाईल दर्ता गराएकी हुन् । एक युट्युब च्यानललाई अन्तरवार्ता दिँदै शिल्पाले यसको खुलाशा गरेकी हुन् ।
सो अन्तर्वार्तामा शिल्पाले आफूले अति भएर सहन नसकेपछि प्रहरीमा गएको बताएकी छन् । अब सम्बन्धलाई अगाडि बढाउन नसकिने भन्दै सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढाएको उनको भनाई छ । उनले डिभोर्सका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी हुन् । अब कानुन अनुसार बढ्ने उनको भनाइ छ।
मध्यरातमा छविको पत्रः
शिल्पाले डिभोर्स दिने घोषणाको केहि समयपछि छवि ओझाले घर फर्किन आग्रह गरेका छन् । सोमबार राति सामाजिक सञ्जाल मार्फत छविले शिल्पालाई सम्बोधन गर्दै घर फर्किन आग्रह गरेका हुन् ।
अबदेखि आफू गान्धी हुने बताउँदै शिल्पासँग एउटै टेबलमा बसेर समस्या सुल्झाउन आफू तयार रहेको बताएका छन् । छविले शिल्पालाई सम्बोधन गर्दै लेखेको फेसबुक स्टाटस यस्तो छः
शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l
छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।
अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन ।
तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।
एक वर्ष अघि Kendrabindu News को ‘सहयात्रा’ कार्यक्रममा दिएको अन्तरवार्ता यस्तो छ ।































प्रतिक्रिया