मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
27
Shares

विराटनगर। सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा २२ वर्षीय निरज उरावको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव र निरज उराव घाइते भएका थिए ।

उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा निरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको उपचार भइरहेको छ ।

Logo