१३ औं संस्करणको आईसीसी क्रिकेट विश्वकप आयोजना गर्ने जिम्मा भारतले पाएको छ । यो विश्वकप सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरिने भएको छ ।
भारतले चौथो पटक विश्वकप आयोजनाको गर्ने जिम्मा पाएको हो। यसअघिका तीन संस्करणमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको थियो ।
जसमा भारतले सन् १९८७ को विश्वकपमा पाकिस्तानसँग मिलेर आयोजना गरेको थियो भने १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो । यस्तै सन् २०११ मा बंगलादेश र श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको थियो ।





























प्रतिक्रिया