धरान । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा मारिएका प्रहरी जवानको शव ६ दिनपछि गृह जिल्ला लगिएको छ ।
असार २५ गते विप्लव कार्यकर्तासँगको मुठभेडका क्रममा भोजपुरमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको हो । उनको शव नेपाली सेनाको हेलिकप्टरबाट सोमबार मध्याहन धरानबाट खोटाङ लगिएको हो।
भोजपुर सदरमुकामस्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासँगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव नेकपाका ओखलढुङगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको थियो।
सन्जिवको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो। ६ दिनसम्म पनि संजिवको शव परिवारलाई जिम्मा नलगाएर ६ दिनदेखि धरानमा अलपत्र राखिएको थियो । आईजीपी सर्बेन्द्र खनालको पहलमा सेनाको हेलिकप्टरबाट उनको शव खोटाङ लगेर परिवारको जिम्मा लगाइएको हो ।































प्रतिक्रिया