नेप्लिज वोमन एसोसिएसन पोर्चुगलकाे श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

नेप्लिज वोमन एसोसिएसन पोर्चुगलकाे श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। एक विशेष समाराेहकाबीच उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रमकी सभापती एवं संस्थाकी अध्यक्ष शान्ती अर्यालको मन्तव्यसँगै कार्यक्रमको समापन गरिएको हाे।

कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको सम्झनामा मौन धारणसमेत गरिएकाे थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यता रहेकाे थियो।

यस्तै संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। संस्थाकी कोषाध्यक्ष देवी घिमिरे, सदस्यद्वय राधा रानाभाट र मिरा कार्कीलगायत महिला कलाकारले स्वागत गीत गाएर आगन्तुक पाहुनाहरूको स्वागत गरेका थिए।

संस्थाकी उपाध्यक्ष एवं लोक गायिका गीता रेउलेले महिला हिंसा सम्बन्धी सचेतनामूलक गीत प्रस्तुत गरेकी थिइन्। संस्थाले आयोजना गरेको कार्यक्रममा पोर्चुगलमा अवस्थित अन्य दर्जनौँ सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू, गैरआवासीय नेपाली संघका पदाधिकारीहरू साथै सामाजिक अभियन्ता एवं अगुवाहरूले सम्बोधन गरेका थिए।

कार्यक्रममा वक्ताहरूले पोर्चुगलमा नेपाली महिलाहरूको अवस्था, श्रमिक महिलाको हक हित साथै अन्य समसामयिक विषयमा प्रकाश पारेका थिए। कार्यक्रमको अवसर पारेर तिहारमा देउसी भैलो कार्यक्रममा सहयोग गर्ने नेपाली समुदायका बाल कलाकारहरूलाई प्रोत्साहन पनि गरिएको थियो। बालबालिकाहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

अगुवाहरूले कार्यक्षेत्रमा हुने गरेका हिंसा, असमान ज्यालालगायतका बारेमा बोलेका थिए भने कसैले त्यस्तो अवस्था भोगेको अवस्था भएमा तुरुन्तै आफ्नो आवाज उठाउन महिलाहरूलाई सचेत गराएका थिए।

आप्रवासनको समस्याबारे बोल्दै आप्रवासीको रूपमा पोर्चुगल छिरेका महिलाहरूले भोग्नु परेका समस्याहरू र नयाँ आगन्तुक महिलाहरूलाई नेपाली एजेन्टहरूले गर्ने गरेको दुर्व्यवहार र ठगिको बारेमा पनि चर्चा भएको थियो।

महिलाको समस्या समाधानमा महिलाहरूकै सक्रियता बढी प्रभावकारी हुने भन्दै वक्ताहरूले नेप्लिज वोमन एसोसिएसनलाई संस्थागत रूपमा बलियो बनाउने सुझावहरू पनि दिएका थिए।

महिलाहरूले महावाणिज्यदूत मकर हमालसँग महिलाका निजी समस्या र पारिवारिक झमेलाको बारेमा वाणिज्यदुतको कार्यालयले कस्तो किसिमको सहयोग या मध्यस्थता गर्न सक्दछ भनेर जिज्ञासा पनि राखेका थिए भने महावाणिज्यदूत हमालले महिलाका जिज्ञासाहरूको जवाफ दिएका थिए।

Skip This
Skip This
Logo