२४ फागुनसम्मका लागि संसद बैठक स्थगित

२४ फागुनसम्मका लागि संसद बैठक स्थगित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ। नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो।

त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ। तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए।

Skip This
Skip This
Logo