राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, एमालेले उपाध्यक्ष लिने सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, एमालेले उपाध्यक्ष लिने सहमति

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । चार राजनीतिक दलबीच राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको छ। 

 नयाँ सत्ता समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो। 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकले गरेको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो। 

फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको चर्चाकाबीच माओजादीलए अध्यक्ष पदका लागि आफ्नै उम्मेदवार घोषणा गर्ने भनेपछि दुई राजनीतिक दलबीच तिक्तता चुलिएको हो ।

Logo