काठमाडौं,
केहि दिनदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले दिएको जानकारी अनुसार २१ जना वेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् । विस्थापित हुनेहरुको सङ्ख्या भने १० हजार ३ सय ८५ पुगेको छ ।
बाढी, पहिरो र डुबानका कारण ललितपुर र ओखलढुंगामा पाँच–पाँच जना, काठमाडौं, खोटाङ र काभ्रेमा तीन–तीन जना, धादिङ, सिन्धुली भोजपुर र मकवानपुरमा दुइ, दुइ जना तथा पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक–एक जना गरी ३७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।
मकवानपुरमा चार जना, काभ्रेमा दुइ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एकएक जना घाइते भएका छन् । त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बताए अनुसार २६ जना घाइतेको उपचार भइरहेको छ





























प्रतिक्रिया