उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

केन्द्रबिन्दु
12
Shares

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् ।

महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् । आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् ।

यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहिसकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उपसभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

Skip This
Skip This
Logo