मकवानपुरको कुलेखानीमा पहिरोले निजी कार पुरेको छ।
हेटौंडा–काठमाडौ छोटो दुरीको मार्ग अन्तरगत इन्द्रसरोवर गाउँपालिका–१ मा बा २ च ९९२० नम्वरको निजी कार पहिरोले पुरेको हो। कार हेटौंडाबाट काठमाडौ आउंदै थियो। घटनामा मानवीय क्षती भने भएको छैन ।
त्यस्तै अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ। टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको मृत्यु भएको छ। शुक्रबार विहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यु भएको हो।
त्यस्तै बासिखोराका जगत बहादुर राईको घरको चुली भत्किएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले घरको पिँढीमा सुतिरहेका अवस्थामा राईको ज्यान गएको बताए।
त्यस्तै खोटाङ्को खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । पहिरोका कारण एक व्यक्ति घाइते छन् । पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।
शुक्रवार बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया