लगातार अविरल वर्षापछि काभ्रेमा घर भत्किँदा २ जनाको ज्यान गएको छ ।
काभ्रेको बनेपा नगरपालिका ३ नालामा घर भत्किँदा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो । काभ्रेका एसपी जयराम सापकोटाले घटनामा परिवारका अन्य २ जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन् ।
उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
यसैबीच काभ्रेकै मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेसीको नर्सरीमा पहिरो गएको छ भने पनौती नगरपालिका डुबानमा परेको छ।































प्रतिक्रिया