झापा । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा विद्युतीय करेन्ट लागेर मोरङ रतुवामाई नगरपालिका १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत रोशनलाई बिहीबार बिहान १० बजेतिर करेन्ट लागेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।





























प्रतिक्रिया