सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ।

गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म बिक्री गरेको सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ) को शुक्रबार बाँडफाँट गरिएको हो।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले पाएका छन्। कम्पनीको आइपीओमा कुल कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको थियो।

क्यापिटलका अनुसार ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको छ। गोलाप्रथाबाट बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुले प्राप्त गरेका छन्। २६ जना लगानीकर्ताले थप एक कित्ता सेयर प्राप्त गरेका हुन्।

Logo