एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको जारी खेलमा हङकङले नेपाललाई ९६ रनको चुनौती दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो ।
नेपाली युवा लेगस्पिनर सागर ढकालले मात्रै ५ विकेट लिएका छन् । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।
हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।
नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।































प्रतिक्रिया