‘छौंडा’: प्रधानमन्त्रीले सिकाए, सल्लाहकारले सिके

‘छौंडा’: प्रधानमन्त्रीले सिकाए, सल्लाहकारले सिके

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल फेरि विवादमा तानिएका छन्। पटक पटक विवादमा तानिँदै आएका रिमाल यसपटक भने निम्नस्तरको भाषा शैलीका कारण विवादित बनेका हुन्।

उनले सरकारको बिरोध गर्नेहरुको प्रतिरोध गर्ने क्रममा ‘छौँडा’ शब्दको प्रयोग गरेपछि यतिबेला सामाजिक संजालहरुमा रिमालको चर्को बिरोध भैरहेको छ।

रिमालले सामाजिक सञ्जाल ट्विटरमा कवितात्मक शैलीमा प्रश्न गरेका छन्,

‘भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका ?’

यति बेला उनको यही स्टाटसको स्क्रिन सट सामाजिक संजालहरुमा भाइरल भैरहेको छ। सर्वसाधारणदेखि बौद्धिक सर्कलका व्यक्तिहरुले समेत रिमालको कार्यशैलीकै कारण प्रधानमन्त्री ओली समेत विवाद पर्ने गरेको टिप्पणी भैरहेको छ ।

 
सरकारले भारतबाट आयात गरिने तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय गरेलगतै चौतर्फी बिरोध भएको थियो।  सत्तारुढ दलकै केही नेताले सरकारको कार्यशैलीको बिरोध गरेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले निम्नस्तरको शब्द प्रयोग गरि अभिव्यक्ति दिएका हुन्।
रिमाल यस अघि पनि पटक पटक विवादमा तानिँदै आएका थिए । रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाएर दुख दिएको भन्दै यस अघि उनी विवादमा तानिएका थिए। त्यस्तै धरहरा पुनर्निमाणको टेन्डरमा पनि उनी मुछिएका थिए ।
तीन वर्षअघि प्रधानमन्त्री ओलीले पनि भनेका थिए ‘छौंडा’
तीन बर्षअघि प्रधानमन्त्री ओलीले पनि ‘छौडा’  शब्द प्रयोग गरि अभिव्यक्ति दिएका थिए।  मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीमा नेकपाका अर्का अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै ओलीले भारतीय दवावमा सरकारको बिरोध गर्न ”छौडा’ हरु प्रयोग गरेको बताएका थिए। उनले भनेका थिए,  ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’
अहिले उनै प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालले उस्तै शैलीमा अभिव्यक्ति दिएका छन्।

Skip This
Skip This
Logo