पपुवा न्यूगिनीले उपाधिका लागि नेपाललाई दियो १७२ रनको लक्ष्य

पपुवा न्यूगिनीले उपाधिका लागि नेपाललाई दियो १७२ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

पपुवा न्यूगिनीले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्तमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको हो । पपुवा न्यूगिनीका लागि ओपनर टोनी उराले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका टोनीले ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६१ रन जोडे ।

अर्का ओपनर सेसे बाउ डकआउट हुँदा हिरी हिरीले १५ रन, किप्लीन ड्रोग्बाले १४ रन जोडे । चाड सोपरले १५ रन तथा अलि नावले १० बलमै ३० रन जोडे । हिला भारेले १८ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेका उनले २४ रन खर्चिँदै ३ विकेट लिएका हुन् । त्यस्तै, आकाश चन्दले पनि ३ विकेट नै लिए । करण केसी र गुलसन झाले एकएक विकेट लिए ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । आज नेपाललाई उपाधि उचाल्ने मौका छ ।

Skip This
Skip This
Logo