भूकम्प: केन्द्रको वेबसाइट डाउन, केन्द्रबिन्दु भक्तपुर, मापन ४.६

भूकम्प: केन्द्रको वेबसाइट डाउन, केन्द्रबिन्दु भक्तपुर, मापन ४.६

केन्द्रबिन्दु
0
Shares

भूकम्प गएलगतै राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइट डाउन भएको छ।  भूकम्प बारेमा आधिकारिक जानकारी प्राप्त गर्न धेरैले एकैपटक वेबसाइटमा प्रवेश गर्दा डाउन भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

दिउँसो ४ बजेर १५  मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको उनले जानकारी दिए ।  अधिकारीले ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको केन्द्रबिन्दुलाई  जानकारी गराए ।

यो धक्का ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प हो । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं आसपासका ललितपुर, काभ्रे, मकवानपुर, धादिङ लगायतका जिल्लामा महसुस भएको छ । ठूलो झट्का महशुस गरिएपछि सबै त्रसित बनेका छन् ।

Logo